चितवन, २७ चैत। नेपाल पुलिस क्लब चितवनको रत्ननगरमा जारी अन्तराष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा भातरको रेलवे स्टेशन र तालिमनाडुलाई पराजीत गर्दै पुलिस क्लबले उपाधी होडमा स्थान सुरक्षित गरेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसले तीन सेट जित्न अन्तिम सेटसम्म कुर्नु परेको थियो।
खेलमा नेपाल पुलिस क्लब २५–१७, २५–१५, १७–२५, १९–२५ र १५–११ को सेटमा विजयी भएको प्रतियोगिताका संयोजक बरुणबाबु घिमिरेले जानकारी दिए। दोस्रो सेमिफाइनल खेल नेपाल आर्मी र बंगलादेशको टाईटस क्लबबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल बिहीबार हुनेछ।
प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन।