किन लगाइयो मोदीको वायोपिक प्रदर्शनमा प्रतिबन्ध ?

modi2
लाेकपाटी न्यूज

मुम्बई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा निर्माण भएको फिल्म ‘पीएम नरेन्द्र मोदी’को प्रदर्शनमा प्रतिबन्ध लागेको छ ।

लोकसभा निर्वाचनको मुखमा मोदीको वायोपिकलाई चुनाव आयोगले प्रदर्शनमा प्रतिबन्ध लगाएको हो । समाचार एजेन्सी एनएआईलाई उल्लेख गर्दै बीबीसीले चुनाव आयोगले पीएम नरेन्द्र मोदीु, एनटीआर लक्ष्मी र उद्यमा सिम्हम लगायत फिल्महरूलाई प्रदर्शनमा प्रतिबन्ध लगाएको उल्लेख गरेको छ।

यी फिल्महरूको प्रदर्शनबारे चुनाव आयोगले भनेको छ यी फिल्महरूले निर्वाचन आचारसंहिता अनुसार मतदातालाई प्रभावित पार्ने क्षमता छ । जबसम्म निर्वाचन आचारसंहिता जारी रहन्छ तबसम्म यी फिल्म प्रदर्शनमा रोक लगाइएको छ। प्रतिबिन्धित फिल्ममध्ये मोदीको नाममा बनेको फिल्म भारतमा चर्चामा रहेको छ ।

यो फिल्मको रिलिज मितिलाई लिएर पछिल्लो समय भारतमा व्यापक बहस भएको थियो । यो फिल्मलाई रिलिज मितिको एक दिन पहिले प्रतिबन्ध लगाइएको हो । यो फिल्मलाई भोलि अर्थात् अप्रिल ११ मा प्रदर्शन गर्ने तय गरिएको थियो । अब यो फिल्म भारतमा लोकसभा निर्वाचन अन्त्य भएपछि मात्रै प्रदर्शनमा आउने छ।

सो फिल्मलाई प्रधानमन्त्री नरेन्द्र मोदीको छवि जनतामा राम्रो देखाउनका लागि निर्माण गरिएको भन्दै आलोचना भएको थियो । निर्माण पक्षले भने यी आरोप अस्वीकार गर्दै आएको थियो। यो फिल्मका निर्देशक उमंग कुमार हुन् भने मोदीको भूमिकामा विवेक ओबराय रहेका थिए। यो फिल्मको प्रदर्शनलाई लिएर विपक्षी दलहरू सुप्रिम कोर्ट गएका थिए भने राजनीतिक वृत्तमा पनि व्यापक विरोध भइरहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्