अस्ट्रेलियन कम्युनिस्ट पार्टीले भन्यो: ‘विप्लवमाथिको प्रतिबन्ध हटाउ’

Australia Communist Party
लाेकपाटी न्यूज

काठमाडौं, २८ चैत । अस्ट्रेलिया कम्युनिस्ट पार्टी (माक्र्सवादी—लेनिनवादी) ले नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि केपी ओली सरकारले लगाएको प्रतिवन्ध हटाउन माग गरेको छ ।

अस्ट्रेलिया कम्युनिस्ट पार्टी (माक्र्सवादी—लेनिनवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विप्लवमाथिको प्रतिबन्ध हटाउन अनुरोध गर्दै पत्र पठाएको हो ।

अस्ट्रेलिया कम्युनिस्ट पार्टी (माक्र्सवादी—लेनिनवादी) का अध्यक्ष निक जीले ओलीको नाममा लेखेको पत्रमा भनिएको छ, ‘हामी आदरपूर्वक अनुरोध गर्दछौं, नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका क्रियाकलापमाथि लगाएको प्रतिवन्धलाई हटाइयोस् ।letter2