आम चुनावको मिति घोषणा

लाेकपाटी न्यूज

काठमाडौं,  २८ चैत। अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियामा आमनिर्वाचनको मिति घोषणा गरेका छन्। मे १८ का लागि आमनिर्वाचन घोषणा गरेका हुन्।

मोरिसनले बिहीबार निर्वाचन मिति घोषणा गर्दै मे १८ मा अस्ट्रेलियनहरूले मतदान गर्ने बताएका छन्।
अस्ट्रेलियामा हाल कन्जरभेटिभ पार्टीको सरकार छ। सत्तारुढ दल कन्जरभेटिभ र बिल सर्टनले नेतृत्व गरेको लेबर पार्टीबीच आसन्न निर्वाचनमा प्रतिस्पर्धा हुने ठानिएको छ।

आम निर्वाचनमार्फत जनताले दुई कार्यकालदेखि सत्तारुढ कन्जरभेटिभ पार्टीलाई पुनः निरन्तरता दिन्छन् या त्यसलाई बिल नेतृत्वको दलले विस्थापित गर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ। अस्ट्रेलियाको प्रतिनिधिसभामा १५१ र सिनेट (माथिल्लो सभा) मा ७६ सिट छन्।

प्रतिनिधिसभाका सम्पूर्ण स्थानमा प्रत्यक्ष निर्वाचन हुनेछ। तर, सिनेटको निर्वाचन प्रक्रिया केही फरक छ। कूल ७६ मध्ये आधा स्थानका जनप्रतिनिधि मात्रै प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट छनोट हुनेछन्। आमनिर्वाचनको प्रमुख मुद्दा जलवायु परिवर्तन र आर्थिक व्यवस्था हुने अनुमान गरिएको छ।

अस्ट्रेलियन प्रधानमन्त्री मोरिसनले निर्वाचन घोषणा कार्यक्रममा बोल्दै निर्वाचनले आउँदो दशकको अर्थतन्त्रबारे निर्धारण गर्ने बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्