माओवादी आक्रमणमा विधायकको मृत्यु

lokpati
लाेकपाटी न्यूज

नेपालदूत, २८ चैत। चुनावी प्रचारको अन्तिम दिन भारतको छत्तिसगढमा भारतीय माओवादीले गरेको आक्रमणमा भारतीय जनता पार्टी भाजपाका १ विधायकसहित पाँच जनाको मृत्यु भएको छ।

आक्रमणमा विधायक भीमा मान्डवी, उनका ड्राइभर र ३ सुरक्षाकर्मीको ज्यान गएको हो। दन्तेवडा जिल्लाको श्यामगिरी पहाडमा पर्ने दन्तेवाडा सुकमा रोडको नकुलनार भन्ने स्थानमा आक्रमण भएको हो।

आक्रमणबाट बुलेटप्रुफ गाडी क्षतविक्षत भएको छ। दन्तेवाडामा ११ अप्रिलमा पहिलो चरणको चुनाव हुँदैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्