मलाई छिट्टै सांसद भएकाे देख्नुहुन्छ : एकनाथ ढकाल

eknath dhakal
लाेकपाटी न्यूज

काठमाडौं, २८ चैत । नेपाल परिवार दलले आफ्नो दलको उपस्थिति छिट्टै संघीय संसदमा हुने बताएको छ । निर्वाचन भएर एक वर्षभन्दा लामो समय पार भइसक्दा उक्त दलका अध्यक्ष एकनाथ ढकालले यस्तो दाबी गरेका हुन् ।

परिवार दल तत्कालिन एमालेसंग ३ बुँदे सहमति गरेर निर्वाचनमा गएको र त्यतिबेलाको प्रतिवबद्धता अनुरुप आफ्नो दल संसदमा पुग्ने उनको उनको भनाइ छ । अहिले राष्ट्रिय सभा सदस्यको पदावधि सकिने बेला भएको छैन । रिक्त कास्की क्षेत्र नम्बर २ बाहेक अन्त कतै उप निर्वाचनका लागि निर्वाचन क्षेत्र खाली समेत छैन ।

यस्तो बेला कसरी संघीय संसदमा देखिने भन्नेबारे भने उनले बताएनन् । परिवार अध्यक्ष ढकालले आफु अहिले पनि नेकपाको सूर्य चिन्हको उम्मेदवार नै रहेको सुनाए । ‘कास्की क्षेत्र नम्बर २ बाट उठ्ने चाहना व्यक्त गर्नुभएको हो ? भन्दै राखिएको जिज्ञासालाई पनि ढकालले अस्विकार गरे ।

यद्यपी छिट्टै संसदमा उपस्थित भएरै छाड्ने दृढता भने व्यक्त गरिरहे । ‘तत्कालिन एमालेसंग बाम गठबन्धन गर्दा सहमति भएअनुरुप नेपाल परिवार दल छिट्टै संसदमा उपस्थित हुन्छ’ उनले भने, ‘हामीलाई अरु केही थाहा छैन, बाम गठबन्धनको दुई तिहाई छ, त्यो कसरी भन्ने कुरा उहाँहरुलाई नै थाहा छ ।’

नेपालमा पछिल्लो पटक अयोजना भएको एशिया प्यासिफिक समिटको विषयलाई लिएर अहिले पनि सरकारको आलोचना भइरहेको छ । सत्तारुढ दल नेकपाका केही नेताले यस विषयलाई लिएर प्रधानमन्त्री र नेतृत्वलाई आत्मआलिचत हुन माग समेत गरे । यत्रो आलोचना भएको समिट आफ्नै योजनामा सफल भएको र यसलाई नेपालको इतिहासमा एउटा महत्वपूर्ण घटनाक्रमका रुपमा रहेको परिवार दलका अध्यक्ष ढकालले जिकिर गरे । उक्त समिटको डिजाइनर आफू नै रहेको र सम्पूर्ण जस अवसरको भागिदार हाफू रहन तयार रहेको बताए ।

क्रिस्चियन धर्मको प्रचार गरेको भन्दै लगाइएको आरोपको खण्डन गरेका उनले समिटमा कुनै धर्मको नभई विकास र सम्बृद्धिको बहस भएको दाबी गरे । विश्व समुदायले नेपालको बारेमा बुझेको र बुझाउने काम भएको उनले बताए ।