कस्तो रहला आजको मौसम ?

mausam-1
लाेकपाटी न्यूज

काठमाण्डौं,  २८ चैत।  शुक्रबार दिउँसोपछि पहाडी क्षेत्रको मौसम बदली भई एक दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेपनि अन्य ठाउँको मौसम भने सफा रहने मौसमविद्ले अनुमान गरेका छन्।

शुक्रबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका धेरै ठाउँको मौसम सफा छ ।

स्थानीय वायुको प्रभावले केही ठाउँको मौसम भने आशिंक बदली भएको छ। अबको एक दुई दिन पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली भए पनि अन्य ठाउँको मौसम सफा रहने मौसमविद् गंगा नगरकोटीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्