सिंगापुरमाथि नेपालकाे सानदार जीत

Nepali cricket team
लाेकपाटी न्यूज

काठमाडौं, २९ चैत । आईसीसी यू १९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपाल १ सय १८ रनले विजयी भएको छ ।

सानदार सुरुवात गरेको नेपालले मलेसियामा जारी छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरलाई २ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको सिंगापुरले ३१ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ६५ रन बनाउन सक्यो । नेपाली बलर सामु खुलेर खेल्न नसकेका सिंगापुरका खेलाडीको सर्वाधिक रन २८ रहेको छ ।

सिंगापुरका लागि इसान सवनीले सर्वाधिक २८ रन जोडेका हुन् । त्यस्तै साइ वेनुगोपालले १८ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरा अंकमा रन छुन सकेनन् । सिंगापुरका दुई खेलाडी शुन्य रनमा आउट हुँदा दुई खेलाडी एक रन, दुई खेलाडी दुई रन र एक खेलाडी ७ रनमा पेभिलियन फर्केका थिए ।

सिंगापुरलाई सस्तैमा समेट्न नेपालका लागी कुसल मल्ल र पवन सराफले समान दुई दुई तथा सुर्य तामाङ र रसिद खानले एक एक विकेट लिए । यसअघि रोहितले उत्कृष्ट अर्धसतकीय पारीको मद्दतले नेपालले ४६ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८२ रन जाडेको थियो । रोहितले रोहितले १ सय ५ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गर्दै ९५ रन जोडेका थिए ।

त्यस्तै रासिद खानले ४८ रन जोडे । उनले ४७ बलमा चार चौका र दुई छक्का प्रहार गरे । पवन सराफले ४७ रन जोड्दा ५३ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरेका थिए । कमलसिंह ऐरीले १८ बलमा १ चौका र ३ छक्कासहित ३१ रन जोड्दा भिम सार्कीले २६ रन जोडे ।

कुशल मल्लले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । सिंगापुरका लागि अथर्व गुनेले ४ विकेट लिँदा राहुल शर्मा र विनित मेहराले समान २(२ तथा सिंघवीले १ विकेट लिए । अब नेपालले आफ्नो दोस्रो खेल युएईसाग शनिबार खेल्ने छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्