आलीयाको अभिनय कंगनाले औसत भनेपछि…

pic 2
लाेकपाटी न्यूज

एजेन्सी । बलिउडमा राम्रो काम गरेर मात्र चर्चित भइँदैन, यसको लागि विवादास्पद भनाइहरु दिनुपर्ने मान्यता राख्ने नायिका कंगनाका रनौट यस्तै कामले फेरी चर्चामा आएकी छिन्।

सामान्यतया अरुले आफुलाई सम्मान दिनुपर्ने भनाइ राख्ने गरेपनी यो पटक कंगनाले अर्काको बारेमा आफ्नो भनाइ राख्दै चर्चित भएकी छिन्। मनोरञ्जन समाचारमा केन्द्रित वेबसाइट बलिउड लाइफले एक मत सर्वेक्षण लिएको थियो। उक्त सर्वेक्षणमा सन् २०१९ मा उत्कृष्ट काम गर्ने महिला कलाकारको विषयमा दर्शकको मत मागिएको थियो।

कंगनाले मणिकर्णिकाको लागि सर्वाधिक ३७ प्रतिशत मत प्राप्त गरिन्। आलीयाले भने ३३ प्रतिशत मतका साथ दोश्रो स्थान हासिल गरेकी थिइन्। कंगनाले सोही विषयमा कुरा गर्दै ‘गल्ली ब्वाय’ फिल्ममा आलीयाको अभिनय औसत मात्र रहेको बताएकी छिन्।

अन्तर्वार्ताको क्रममा उनले आलीया राम्रो अभिनय गर्ने मान्छे नै नभएको बताएकी हुन्। उनले ‘गल्ली ब्वाय’ मा त्यस्तै कुनै उच्च स्तरको अभिनय नगरेको र यसले आफु लज्जित महसुस गरिरहेको बताइन्। उनले आलीयाको फिल्मी चरित्रलाई विशेष नभएर मात्र एउटा ‘चोथाले केटी’ भएको र उक्त केटी अन्य फिल्महरुमा पनि आउने गरेको बताएकी छिन्।

आलीयालाई साहसी महिला, राम्रो अभिनय गर्ने व्यक्ती र महिला शसक्तीकरणको लागि काम गरेकी नभन्न उनले आग्रह गरेकी छिन् । आलीयालाई यि सबै पदवी दिने काम मिडियाले गरेको उनले बताइन्। मिडियालाई स्टारहरुका सन्तानप्रति विशेष लगाव रहेकोले यस्तो भएको धारणा उनले राखेकी छिन्।

औसत अभिनयलाई बढाइ चढाइ गर्दा अभिनयको स्तर कहिल्यै बढ्न नसक्ने पनि उनले दाबी गरिन्। कंगनाले आलीया विरुद्ध अभिव्यक्ति दिएको यो पहिलोपटक भने होइन।

रणबीर कपूर, आलीया देखि लिएर अमिताभ बच्चनलाई समेत कंगनाले आफ्नो रिसको शिकार बनाइसकेकी छिन्।आफुलाई स्पष्टवक्ता भन्न रुचाउने कंगना अहिले फिल्म ‘मेन्टल हे क्या’ मा व्यस्त छिन।