प्रत्येक नेपालीको थाप्लोमा ३१ हजारकाे ऋणभार

01
लाेकपाटी न्यूज

काठमाडौं, २९ चैत । यो वर्ष नेपालीको थाप्लोमा ऋणको भार बढेको छ । यो बर्षबाट ऋण बढेर एक नेपालीको थाप्लोमा ३१ हजार ७ सय ५० रुपैयाँ ऋण पुगेको छ ।

महालेखा प्रतिवेदनले नेपालीहरुको ऋणको भार बढेको देखाएको हो । यो गतबर्षभन्दा ७ हजारले नेपालीको थाप्लोामा ऋण बढेको हो । महालेखाले शुक्रबार २०७५ र ०७६ को आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

महालेखाले यो बर्ष ६ हजार ६ सय ४४ निकायको रु ५१ खर्ब ६० अर्ब, ९२ करोडको लेखा परीक्षण गरेको छ । जसमा संघीय सरकारी कार्यालय अन्तर्गत ५.२९ प्रतिशत बेरुजु देखिएको छ भने प्रदेश सरकारी कार्यालयमा ७.२५ प्रतिशत बेरुजु देखिएको छ ।

त्यस्तै स्थानीय तहतर्फ ४.२२ र समिति तथा अन्य संस्था ४.०९ प्रतिशत बेरुजु देखिएको महालेखापरीक्षकको ५६ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्