सरकारी विद्यालय सुधार्न संयुक्त अखिलको अभियान

Annfsu student akhil flag
लाेकपाटी न्यूज

काठमाडौं, १ बैशाख। सत्तारूढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी ) ले सार्वजनिक विद्यार्थी सुधार अभियान २०७६  संचालन गर्ने घोषणा गरेका छन्।

त्यसका निम्ति शिक्षामा कुल वजेटको २० प्रतिशत वजेट छुट्याउन सरकारसंग माग गरेका छन्। दुई अखिलले दुवै संगठनका केन्द्रदेखि प्रदेश ,जिल्ला हुँदै तल्लो तहसम्मको सम्पुर्ण पंक्ति उक्त अभियानमा परिचालन गर्ने निर्णय गरेका छन्।

उनीहरूले ’ म वनाउछु मेरो विद्यालय, हामी वनाउंछौं हाम्रो विद्यालय ’ भन्ने स्वघोषणा गरेर संगठनको सिङ्गो पंक्ति सार्वजनिक विद्यालयको सुधार अभियानमा लगाउने निर्णय गरेका छन्।दुई अखिलले राष्ट्रिय भर्ना अभियानमा पनि परिचालित हुने निर्णय गरेका छन्।

निर्णय पछि अनेरास्ववियू(क्रान्तिकारी ) का कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेत र अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ’ विद्यालय जाने उमेर समुहका हजारौं विद्यार्थीहरु अहिले पनि विद्यालय जान नसकेको यथार्थलाई दृष्टिगत गरी गत वर्षवाट शुरु भएको राष्ट्रिय भर्ना अभियानलाई सफल वनाउन दुवै संगठनको सिङ्गो केन्द्र, प्रदेश, जिल्ला र मातहतका सवै कमिटीका पदाधिकारी एवम् सदस्यहरुलाई परिचालन गर्ने निर्णय गरियो। ’

विद्यालय जाने उमेरका सवैभन्दा धेरै वालवालिका विद्यालय बाहिर रहेको प्रदेश नं.२ मा उनीहरूले विशेष रुपमा भर्ना अभियान संचालन गर्ने वताएका छन्।

अनेरास्ववियुकी सचिव आरती लामा र अनेरास्ववियू (क्रान्तिकारी ) का सचिव सुर्यनारायण शाहको नेतृत्वमा विशेष कमाण्ड वनाएर त्यस प्रदेशका सवै जिल्ला र स्थानीय तहमा टोली परिचालन गर्ने अनेरास्ववियू (क्रान्तिकारी ) का कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतले बताए।