पश्चिमकाे मौसमी प्रणाली पूर्व सर्दै, हावा हुरीसहित वर्षा हुन सक्ने

climate
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ०१ बैशाख । काठमाडौंको पश्चिममा बनेको मौसमी प्रणाली हाल पूर्वतर्फ सर्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण केही स्थानमा मेघगर्जन तथा हावाहुरीसहित वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशको पूर्वी तथा मध्य भूभागलगायत पश्चिमका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने र अन्य भागमा आंशिक बदली हुने जनाइएको छ । देशको पूर्वी तथा मध्य भूभागका केही स्थान र पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको जनाइएको छ । उच्च हिमाली भूभागहरुमा हिमपातको सम्भावना रहेको र पूर्वी तथा मध्य तराईका केही स्थानहरुमा हावाहुरीको सम्भावना पनि रहेको महाशाखाले उल्लेख गरेको छ ।

यस्तै भोलि सोमबार पनि देशको पूर्वी तथा मध्य भूभागलगायत पश्चिमका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने जनाइएको छ । देशको पूर्वी तथा मध्य भूभागका केही स्थान र पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो देशैभरी आंशिकदेखि सामान्य बदली रहने तथा देशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्