काठमाडौं, ०१ वैशाख । नेपाल राष्ट्र बैंकले ५ अब बढीको ट्रेजरी बिल बिक्री गर्न लागेको छ। केन्द्रीय बैंकले सोमबार २ भिन्न किसिमका ५ अर्ब २५ करोडको बिल जारी गर्न लागेको हो ।
ट्रेजरीको बोलकबुल सोमबार दिउँसो ३ बजेसम्म रहने जनाइएको छ । ९१ दिनका लागि जारी हुन लागेको ३ अर्बको बिल २०७६ असार ३१ गते परिपक्क हुनेछ । त्यसैगरी १ सय ८२ दिनको लागि जारी हुन लागेको २ अर्ब २५ करोडको बिल २०७६ असोज २८ गते परिपक्क हुनेछ ।
यसअघि २०७५ चैत २५ गते भएको एक अर्ब रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल बोलकबोलमा ६ अर्ब ५ करोड, १ अर्ब ८९ करोड ८६ लाख ८० हजार रुपैयाँ बराबरको १ सय ८२ दिने ट्रेजरी बिल बोलकबोलमा ७ अर्ब २५ करोड र ६ अबै बराबरको ३ सय ६४ दिने ट्रेजरी बिल कबोलमा १ खर्ब ६१ अर्ब बराबरको बिड परेको थियो ।