शाक्यको नदीमा डुबेर मृत्यु

लाेकपाटी न्यूज

बुटवल, १ बैशाख। तिनाउ नदीमा डुबेर १६ बर्षीय किशोरको ज्यान गएको छ। बुटवलका १६ बर्षीय सिद्धार्थ शाक्यको
पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेको तिनाउ पावर हाउसको ड्याममा फोटो खिच्न गएका उनको डुबेर मृत्यु भएको हो।

उनी बुटवलको चांदबारीमा बस्दै आएका थिए। ९ जनाको समूह घुम्न निस्किएका उनले बुटवलको कालिका मानव ज्ञान मा.बिबाट भर्खरै एसईई दिएका थिए।

उनको खोलामा डुबेर ज्यान गएको दोभान प्रहरीका प्रहरी निरीक्षक एक बहादुर नेपालीले बताए। साथीहरुसँग घुम्न गएका फोटो खिच्न खोलामा पुगेको बेला पानीको भुमरीमा परेपछि साथीहरुले निकाल्न नसक्दा उनको ज्यान गएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्