प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

hatkadi-pakrau
लाेकपाटी न्यूज

काठमाण्डौं, १ बैशाख। प्रहरीलाई घुस दिन खोज्ने तीन जना काठमाडौंबाट पक्राउ परेका छन्। काठमाण्डौं महानगरपालिका १५ चमतीबाट प्रहरीले पक्राउ गरेको हो।

अवैध रुपमा लत्ताकपडा बोकेर आउँदै गरेको बा५ख ४८४२ नम्बरको बसमा जाँच गर्ने क्रममा प्रहरीलाई तीन लाख ५० हजार रुपैयाँको आर्थिक प्रलोभनमा पार्न खोज्ने बस चालकसहित तीन जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा बसका चालक काठमाण्डौं महानगरपालिका १५ स्वयम्भू बस्ने सर्लाहीका श्याम विश्वकर्मा, काठमाण्डौं महानगरपालिका १४ कलङ्की बस्ने सुर्खेतका दीपा रानामगर र नुवाकोट ककनी गाउँपालिका २ का भरत तामाङ रहेका छन्।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले शनिबार राति बस जाँच गर्ने क्रममा अवैध रुपमा ल्याएको लत्ताकपडा बरामद गर्न खोज्दा प्रहरीलाई घुस दिन खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्