नेपालद्धारा मलेसिया आठ विकेटले पराजित

Nepali cricket team
लाेकपाटी न्यूज

काठमाडौं, २ वैशाख। आईसीसी अन्डर–नाईन्टीन एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको तेस्रो खेलमा नेपालद्धारा मलेसिया आठ विकेटले पराजित भएको छ। मलेसियाले नेपालसामू ९३ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि मलेसियाले पहिले ब्याटिङ गर्दै ९२ रन बनाएको हो। मलेसियाले ३३ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै उक्त योगफल तयार पारेको हो। नेपालले १३ ओभरमा दुई विकेट गुमाएर ९५ रन बनाउँदै जित हासिल गरेको हो।

नेपालको जितमा प्रारम्भिक ब्याट्सम्यान रित गौतमले सर्वाधिक ३९ रन बनाए। अर्का प्रारम्भिक ब्याट्सम्यान पवन शर्राफ भने १९ रन बनाएर बाहिरिए। त्यस्तै आसिफ शेखले २९ रन बनाए। मलेसियाका लागि इज्जात डानियल फिक्रीले सर्वाधिक ३७ रन बनाए। त्यस्तै मोहम्मद अमिरले १३ र हाकिम हरिसनले १० रन बनाए।

नेपालका लागि बलिङतर्फ पवन शर्राफ र कुशल मल्लले तीन–तीन विकेट लिए। कमलसिंह ऐरीले दुई विकेट हात पारे भने सागर ढकालले एक विकेट लिए। तीनवटा म्याच खेलेको नेपालको यो दोस्रो जित हो। जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्