विरोध चर्किएपछि सैन्य परिषद्ले सरकारका सदस्यलाई धमाधम पक्राउ गदै

sudanma pradasan
लाेकपाटी न्यूज

काठमाडौं, २ बैशाख। सुडानमा सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै गएको छ। सुडानको अन्तरिम सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यहरुलाई पक्राउ समेत गरेको छ।

प्रदर्शन चर्कंद गएपछि सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यहरुलाई पक्राउ गरेको हो।सेनाले विपक्षीहरुको सहमतिबाट मात्रै नयाँ प्रधानमन्त्री चयन गर्नेसमेत स्पष्ट पारेको छ।लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल–बसिरलाई पक्राउ गरेर सेनाले गत बिहीबारदेखि मुलुकमा सैन्य शासन लागू गरेको थियो।

सेनाको कदमप्रति असन्तुष्टि जनाउँदै सुडानमा अहिले पनि प्रदर्शनहरु भइरहेका छन्। उनीहरुले तत्काल नागरिक सरकार गठनको माग गरेका छन्।सेनाका प्रवक्ता मेजर जनरल शाम्स अद–दिन सान्तोले पत्रकार सम्मेलन गरी नागरिक सत्ता स्थापनाका लागि सेना तयार रहेको बताए।

उनले नागरिक सरकारका लागि सबै प्रदर्शनकारी र विपक्षीहरु एक हुनुपर्ने बताए। सबैको सहमति नभए नागरिक प्रधानमन्त्री घोषणा गर्न नसकिने उनको भनाइ थियो।उनले प्रदर्शनकारीमाथि बल प्रयोग गर्न सेनाले नचाहेको भन्दै प्रदर्शनकारीहरुलाई शान्ति कायम गर्न आह्वान गरे।

सैन्य परिषद्ले सेना र प्रहरीमा नयाँ प्रमुख नियुक्त गर्ने, राष्ट्रिय गुप्चतर र सुरक्षा निकायमा नयाँ प्रमुख बनाउने, भ्रष्टाचार नियन्त्रणबारे छानबिन गर्न समिति गठन गर्ने घोषणासमेत गरेको छ। उसले पक्राउ परेकाहरुलाई रिहा गर्नेसमेत जनाएको छ। (एजेन्सी)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्