६० प्रतिशतले बढ्यो मार्क जुगरबर्गको सुरक्षा खर्च

Mark zuckerberg
लाेकपाटी न्यूज

काठमाडौं, २ बैशाख। फेसबुकका प्रमुख मार्क जुगरबर्गको सुरक्षामा खर्च ६० प्रतिशतले बढेको छ। जुगरबर्गको सुरक्षाका लागि गत बर्षमात्र २.२६ करोड डलर खर्च गरिएको थियो।

करिब २ करोड डलर रकम जुगरबर्क र उनको परिवारको सुरक्षामा खर्च गरिएको हो। २६ लाख उनले प्राईभेट जेट प्रयोगका लागि खर्च गरेका हुन्। जुन रकमलाई पनि उनको सुरक्षा खर्चमा समाबेश गरिएको हो।

यसअघि २०१७ मा उनको सुरक्षाका लागि ९० लाख डलर खर्च भएको थियो। जुन एक बर्षमा ६० प्रतिशतले बढेर २.२६ करोड डलर पुगेको हो। यसैगरी फेसबुकका सीओओ शेरिल स्याण्डबर्गको सुरक्षाको लागि पनि फेसबुकले महंगो रकम खर्च गर्दे आईरहेको छ।

उनको सुरक्षाका लागि पछिल्लो बर्ष २९ लाख डलर खर्च गरेको थियो। ९ लाख डलरको त उनी प्राईभेट जेट नै चढ्छिन्। उनले पारिश्रमिक र भत्तास्वरुप २.३७ करोड डलर थाप्दै आएकी थिईन्।हाल उनी २.५२ करोड डलर लिन्छिन्।

पछिल्लो समय फेसबुकले विभिन्न आरोपहरु खेपिरहेको छ। फेसबुकको माध्यमबाट विभिन्न देशहरुमा भएका चुनावमा हस्तक्षेप, डाटा चोरी लगायतका मुद्धाहरुको कारण फेसबुकले प्रमुखहरुको सुरक्षामा हरेक बर्ष सुरक्षा खर्च बढाईरहेको छ। (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्