बालुवाटारमा विवेकशीलको विरोध प्रदर्शन

Bibeksilko pradasan
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २ बैशाख। विवेकशील साझा पार्टीले सोमबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि सडकमा भ्रष्टाचार बिरुद्ध प्रर्दशन गरेको छ। सोमबार बिहान १० बजे पार्टीले “ठूला माछा समाउ अभियान” अन्तर्गत रहेर शान्तीपूर्वक प्रदर्शन गरेको हो।

वेकशीलले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पास भएको ,हायात र बबरमहललगायत देशभरका सरकारी जग्गा भ्रष्ट नेता, भूमाफिया, प्रशासक र व्यापारीले आफ्नो नाममा ल्याएको भन्दै प्रर्दशन गरेको हो।

पार्टीले देशभर भ्रष्टचारको बिरोधमा दबाब सृजना गर्ने उदेश्यले बालुवाटार अगाडी सडकमा प्रर्दशन गरेको जनाएको छ। बिरोध प्रर्दशनमा विवेकशीलका नेता तथा कार्यकर्ताहरुले नेपालको झण्डासहित ‘भ्रष्ट नेता भूमाफिया, भ्रष्ट व्यापारी भ्रष्ट प्रशासक, बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान होसियार, भ्रष्टाचार कहिलेसम्म जनता सचेत नभएसम्म’ लेखिएको प्ले कार्ड बोकेर प्रर्दशन गरेका हुन।

बालुवाटारभित्रको सरकारी जग्गा प्रकरणमा सत्तारुढ पार्टीका महासचिव विष्णु पौडेल मुछिएपछि यसको चौतर्फी बिरोध भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्