मोदीकै चुनावी सभाकाे अघिल्लाे दिन कसले गर्‍यो भाजपा नेताको हत्या ?

BJP-Congress I
लाेकपाटी न्यूज

उडिसा, २ बैशाख । भारतको उडिसा राज्यमा भारतीय जनता पार्टीका एक नेताको हत्या गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले उडिसाको चुनावी अभियानमा भाग लिने अघिल्लो दिन उनको हत्या भएको हो।

आइतबार राति खुर्दा अञ्चल–९ का मंडल अध्यक्ष समेत रहेका मंगुली जेनाको मोटर साइकलमा आएका अपरिचित व्यक्तिले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार यसपटकको निर्वाचनमा उडिसामा भाजपा र बिजु जनता दलबीच निकै प्रतिस्पर्धा हुँदैछ।

प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ। हाल भारतमा लोकसभा निर्वाचन भइरकेको छ । ७ चरणमा सम्पन्न हुने निर्वाचनको पहिलो चरणको निर्वाचन गत ११ तारिखमा समाप्त भएको छ भने यही १८ तारिखमा दोस्रो चरणमा निर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्