आज राति मेघगर्जनसहित पानी पर्ने

climate
लाेकपाटी न्यूज

काठमाडौं, ०२ वैशाख । आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशको पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ।

आज काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भएको मौसमविद्हरुले बताएका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज देशका पूर्वी र मध्य क्षेत्र तथा पश्चिमको पहाडी भेगमा मौसम बदली भएको छ।

त्यस्तो डरलाग्दो हावाहुरीको सम्भावना नरहे पनि प्रि–मनसुन भएकाले सामान्य हावाहुरी र चट्याङको सम्भावना भने रहेको उनले बताइन्। उनका अनुसार यो मौसम बदली स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले भएको हो।

उनले भोलि मंगलबार यो भन्दा अलि शक्तिशाली पश्चिमी वायुको प्रवेश हुने बताइन्। आगामी तीन दिनसम्म पूर्णरूपमा मौसम खुल्ने सम्भावना नरहेको उनले बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्