नेपाली स्याटेलाईट अमेरिकाबाट उड्ने,यसरी गदै छ नासाले प्रत्यक्ष प्रसारण

Nepalisetelight
लाेकपाटी न्यूज

काठमाडौं, ३ बैशाख। नेपाली स्याटेलाईट बिहिबार अमेरिकाबाट उड्ने भएको छ। नेपालको पहिलो भु–उपग्रह “नेपाली स्याटलाईट” अमेरिकाबाट लन्च हुने भएको हो।

नास्टका प्रविधि विभाग प्रमुख रविन्द्र ढकालका अनुसार नेपाली समय अनुसार बिहान २ बजेर ३१ मिनेटमा लन्च हुन लागेको हो।

नेपालसँगै श्रीलंकाको रावना १ र जापानको उगिसु भु–उपग्रह पनि प्रक्षेपण गर्ने तालिका छ।यसैबिच अमेरिकी अन्तरिक्ष संस्था नासाले लन्चको प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

अमेरिकी समय अनुसार बुधबार अपराह्न ४ बजेर ४६ मिनेटमा लन्च हुनेछ। कान्तिपुरबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्