किन भनिन् आलियाले वरुणलाई रणवीर ?

aalia barun
लाेकपाटी न्यूज

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री आलिया भटले चलचित्र कलंकको प्रोमोसनको दौरान उनले वरुणलाई रणवीर भनेर सम्बोधन गरेकी छिन् ।

चलचित्र कलंकको प्रोमोसनमा हिडेकी आलिया सबै टिमसँग एक कार्यक्रममा सहभागी भएकी थिइन्। कार्यक्रममा वरुण र आलिया सँगै बसेका थिए। यहि समयमा वरुणले आलियाको कपाल पछाडिबाट चलाएर दुस्ख दिन थालेपछि उनले वरुणको सट्टा रणवीरको नाम लिएकी हुन् ।

उक्त घटनाका माध्यमबााट आलियाले आफ्नो व्यस्त समयमा पनि रणवीरलाई कति सम्झन्छिन् भन्ने कुराको प्रमाण नजानेर दिएकी छन्। पछिल्लो समय बलिउडमा एकदमै सक्रिय अभिनेत्री हुन् आलिया भट्ट।

उनको सक्रियता अनि उनका सफल चलचित्रको कारणले आलिया जहिले चर्चामा रहने गर्छिन्। पछिल्लो समय आलिया चर्चामा आउनुको अर्को कारण अभिनेता रणवीर कपूरसँगको प्रेम सम्बन्ध पनि हो।

आलियाले कतिपय अन्तर्वार्तामा रणवीर कपूरले आफूलाई मन पराउने कुरामा आशावादी रहेको बताएकी छन्। हिजो आज यो जोडी प्रेम सम्बन्धमा भएको बारेमा पनि धेरै चर्चा हुने गरेको छ। धेरै पल्ट उनीहरुको रोम्यान्टिक अवतारहरु पनि देखा परेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्