केही दिनभित्र एकता टुङ्गिने निश्चित छ : भीम आचार्य

bhim acharya
लाेकपाटी न्यूज
0 Shares

बेनी, ०३ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम आचार्यले वैशाख ९ गतेभित्रमा पार्टी एकताले मूर्तरुप लिने बताएका छन् । नेकपा म्याग्दीले आज बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता आचार्यले पार्टीका शीर्ष नेतृत्व एकतालाई छिट्टै निष्कर्षमा पु¥याउने कसरतमा जुटेको बताएका हुन् ।

उनले वैशाख ९ गते परेको नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिनसम्म एकताको प्रक्रिया टुङ्ग्याएर पार्टीलाई बलियो बनाउने तयारी भइरहेको बताए । उनले भने, ‘अब पछि फर्कने ठाउँ छैन, एकतामार्फत् एकताबद्ध भएर अघि बढ्नुपर्छ, निश्चित कार्यविधिको आधारमा नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिनुपर्छ।’

वर्तमान सरकारले जनताको अपेक्षाबमोजिम कार्य गर्नको लागि आधार तयार गरिसकेको बताउँदै आचार्यले नयाँ सविधान, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्वजस्ता उपलब्धिको रक्षा गर्दै मुलुकलाई विकास र समृद्धितर्फ अगाडि बढाउनुपर्ने बताए । उनले जनतामा सार्वभौमसत्ताको अधिकार रहेकाले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्