रसुवाली कविको रिहाइको लागि साहित्यकारले बुझाए ज्ञापनपत्र

Thakurprasad
लाेकपाटी न्यूज

काठमाडौं, ३ बैशाख। रसुवाली कविको निशर्त रिहाइको माग सहित कवि र लेखकहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ज्ञापनपत्र बुझाएका छन्।

निकै ठूलो संघर्ष र बलिदानीको आहुति पश्चात प्राप्त गणतन्त्र, नागरिक स्वतन्त्रता, लोकतान्त्रिक व्यवस्थामा राज्यको यस्तो कदम सहमति योग्य नरहेको जानकारी गराउँछौ’, ज्ञापनपत्रमा भनिएको छ। राजनीतिक गतिविधिमा संलग्न रहेको कारण गिरफ्तारी गरिनु संविधानको मौलिक हकको विरुद्ध रहेको ज्ञापनपत्रमा भनिएको छ।

प्रशासनद्धारा उनीमाथी के कस्ता अभियोगका आधारमा हिरासतमा लिइएको हो ? सो को  जानकारी, सत्य तथ्य उजागर गरी तथ्य  सावर्जनिक सहित संविधानप्रदत्त नागरिकको मौलिक हक सुरक्षित, सुनिश्चित गरिनु राज्यको दायित्व हुन आउने कुराप्रति सजग गराउँदै उनको तत्काल रिहाइको लागि माग गर्दछौं।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सदस्य भएको आरोपमा प्रहरीले कवि तिम्सिनालाई सोमबार पक्राउ गरेको थियो। बालाजु क्षेत्रबाट पक्राउ परेका कवि तिम्सिनालाई हाल महानगरीय प्रहरी वृत्त, बालाजुमा राखिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्