सुनसरी, ३ बैशाख। सुनसरीमा बसले किचेर एक बालकको मृत्यु भएको छ। मंगलबार कोशी गाउँपालीका ८ स्थित हनुमान मन्दिर नजिक सिराहाबाट बिराटनगर जाँदै गरेको यात्रु बाहक बसले किच्दा १० बर्षीय बालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा नुर सलाम रहेको र उनले पानी बेच्ने काम गर्ने गरेको बताईएको छ। सप्तरीको भारदहबाट पानी बेचेर भाण्टावारी आउने क्रममा सिराहा–बिराटनगरमा चल्ने ना ६ ख ५९६६ नम्बरले उनलाई किचेको थियो।
बसबाट लडेर पछाडिको चक्काले किचेर गम्भीर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको हो। बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।
Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29
Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34