प्रगतिशील युवा मञ्चकाे भलिबल प्रतियोगिताकाे तयारी पूरा

pachbhaiya- volleyball
लाेकपाटी न्यूज
0 Shares

पचभैया, ०३ वैशाख । प्रगतिशील युवा मञ्चको भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ। स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ प्रगतिशील युवा मन्चले प्रथम पचभैया वडा स्तरीय भलिवल प्रतियोगिता–२०७६, आगामी बैशाख ५ गतेदेखि गर्ने भएको हो।

पर्यटकीय क्षेत्रबाट विकसित पोखरालाई खेलकुदमार्फत आन्तरिक पर्यटनको प्रबद्र्धन गर्न र भलिवल खेलको विकास गर्ने उद्देश्यले यही वैशाख ५ गतेदेखि ७ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको प्रगतिशील युवा मन्चका अध्यक्ष सुनिल थापाले जानकारी दिए।

प्रतियोगिताबाट भलिवल खेलको विकासमा सहयोग पुग्ने आशा राखिएको छ। गाइघाट (पचभैया) खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा ४० टिमले सहभागिता जनाउने अपेक्षा क्लवले गरेको छ भने प्रतियोगिता अवधिभर जम्मा ८ देखि १० हजार जना दर्शकले हेर्ने अनुमान पनि गरिएको छ ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः ५०१०५ रुपैयाँ र ३००५५ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ ।

त्यस्तै प्रतियोगितामा विभिन्न ३ विधाका खेलाडीहरुलाई सम्मानस्वरुप मायाको चिनो र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक पुरुषोत्तम अधिकारीले बताए। वि.सं २०६२ सालमा स्थापना भएको उक्त क्लवले प्रतियोगिता सञ्चालनबाट प्राप्त आम्दानीको रकमबाट स्थानीय ठाउँमा रहेको खेल मैदान निमार्ण गर्ने लक्ष्य राखेको छ ।

क्लवले स्थापनाकाल देखि शिक्षा, स्वास्थ्य तथा वातावरण, यूवा तथा खेलकुद, महिला तथा बालबालिकाका क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ भने बौद्धिक, अपाङ्गता बालबालिका, वृद्धाश्रमको क्षेत्रमा सहयोग र यूवा लक्षित लागूऔषध सचेतना कार्यक्रमको साथै खेलकुदको क्षेत्रमा पनि हरेक वर्ष विभिन्न खेलहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्