आई पी एल क्रिकेटमा पञ्जाब १२ रनले विजयी

ipl
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ४ वैशाख। इन्डियन प्रिमियर लिग क्रिकेटअन्गर्तत मंगलबारराति सम्पन्न खेलमा राजस्थान रोयल्स विरुद्ध किङ्ग्स ११ पञ्जाब १२ रनले विजयी भएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८२ रनको योगफल तयार पारेको थियो। पञ्जाबका लागि के एल राहुलले अर्धशतकीय पारी खेल्दै ५२ रन बनाए भने डेभिड मिलरले ४० रनको योगदान दिए।

जवाफमा राजस्थानले २० ओभर खेल्दै ७ विकेट गुमाएर जम्मा १ सय ७० रन मात्र बनायो। उसका लागि राहुल त्रिपाठीले ५० रन, स्टुवार्ड बिन्नीले अविजित ३३, सन्जु सामसोनले २७, कप्तान अजिन्क्या रहानेले २६ रन बनाए पनि हारलाई टार्न सकेनन्।

पञ्जाबलाई जिताउन अर्सदीप सिंह, रविचन्द्रन आस्विन र मोहम्मद सामीले समान २\२ विकेट लिएका थिए भने मुरुगान अस्विनले १ विकेट लिएका थिए। यो जितसँगै पञ्जाब अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ। राजस्थान भने सातौँ स्थानमा छ। प्रतियोगिताको शीर्ष स्थानमा चेन्नई सुपर किङ्स यथावत रहेको छ।

आई पी एल क्रिकेट अन्तर्गत बुधबार पनि एक मात्र खेल हुँदै छ। बुधबारको खेलमा छैठौँ स्थानको सनराइजर्स हैदरावाद र पहिलो स्थानको चेन्नई सुपर किङ्स प्रतिस्पर्धा गर्दै छन्। खेल नेपाली समयअनुसार राति ८ः१५ बजे हैदरावादमा हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्