नयाँदिल्ली, ४ बैशाख। मध्यप्रदेश,गुजरात र रास्थानमा मंगलबार विध्वंसकारी आँधी आएको छ।यी तिनै क्षेत्रमा आएको आँधीबाट ३१ जनाले ज्यान गुमाएका छन्।
मध्यप्रदेशमा पछिल्लो दुईदिनदेखि हावाहुरी,बर्षाबाट १६ जनाले ज्यान गुमाएका छन्।सोही स्थानका विभिन्न क्षेत्रमा बर्षा र आँधीले ६ जनाको मृत्यु भएको छ भने गुजरातमा ९ जनाको मृत्यु भएको छ। गुजरातका विभिन्न स्थानमा आधीबाट ज्यान गुमाएका पिडित परिवारलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्यक परिवारलाई दुई दुई लाख रुपिँया दिने घोषण गरेका छन् भने घाईतेलाई ५० हजार रुपिया दिने घोषणा गरेका छन्।
यसमा राजनिति भएकोभन्दै मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथले मोदीलाई भने ‘मोदीजी तपाई देशको प्रधानमन्त्री हो गुजरातको होइन।मध्यप्रदेशमा पनि आँधीबाट १० जनाले ज्यान गुमाएका थिए।तर,तपाइको संवेदना गुजरातसम्म किन सिमित ?’