सम्पादक शाहमाथि सांघातिक हमला, नर्भिकमा उपचार हुँदै

sampadak shaha
लाेकपाटी न्यूज

काठमाडौं, ०४ वैशाख । कर्पोरेट खबरका सम्पादक उज्जवल जंग शाहमाथि बेलुकी ८ः३० बजेको आसपासको समयमा काठमाडौं मल परिसरमा सांघातिक आक्रमण भएको छ ।

मलस्थित फेसियल हाउसबाट घर फर्कन लागेका शाहमाथि प्रकाश कुमार श्रेष्ठ सहित ८÷९ जनाको समूहमा रहेको एक टोलीले आक्रमण गरेको शाहले जानकारी दिए। आक्रमणबाट उनको शरीरमा केही चोट पटक लागेको छ । सम्पादक शाहको हाल नर्भिक अस्पतालमा उपचार भइरहेको निकट स्रोतले जनाएको छ ।

शाहले काठमाडौं मलमा आर्थिक अपचलन भएको बिषयलाई जोडदार रुपमा उठाउँदै आएका थिए । सम्पादक शाहमाथि सांघातिक हमला हुँदासमेत आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गर्नुको सट्टा उल्टो संरक्षण गरेको द काठमाडौं मल व्यापार संघका अध्यक्ष तथा सम्पादक शाहकी पत्नी सुश्मा महराले बताइन्।

हमला गर्ने समूहका केहीले मादक पदार्थ सेवन गरेको उनको भनाइ छ । आक्रमणमा उत्रिएकाहरुलाई प्रहरीले मापसे चेकजाँच गर्नूपर्नेमा बिना प्रक्रिया छाडिनु शंकास्पद रहेको छ महराले भनिन् । प्रहरी र पीडक बिचको मिलोमतोमा नै शाह माथि आक्रमण भएको उनको दाबी छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्