आर्थिक अनुशासनमा सर्वाेत्कृष्ट : नेपाल प्रहरी र सर्वेन्द्र खनाल सम्मानित

लाेकपाटी न्यूज

काठमाडौं, ५ बैशाख । गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेका छन् ।

गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको बेरुजु फछ्र्यौट मापनको वर्गीकरणमा आ.व. २०७३÷०७४ को बेरुजुलाई ८५.१४५ फछ्र्यौट गरी नेपाल प्रहरी सर्वोत्कृष्ट रहन सफल भएकोमा उनलाई सो पुरस्कार प्रदान गरिएको हो ।महालेखा परीक्षकको कार्यालयले प्रस्तुत गरेको २०७३÷०७४ आर्थिक वर्षको बेरुजु रकम रु. ५ खर्ब आठ करोड रहेकाले त्यसको फछ्र्यौटका लागि नेपाल सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा बेरुजु फछ्र्यौट तथा अनुगमन समिति गठन गरेर बेरुजुको अंकलाई न्यूनतममा झार्ने अभियान थालेको थियो ।

२०७३÷०७४ को महालेखा परीक्षकको प्रतिवेदनले उल्लेख गरेको बेरुजुमध्ये गृह मन्त्रालय अन्तर्गत ८८४ कार्यालयमध्ये ३३९ कार्यालयहरुमा बेरुजु रकमको अंक २ अर्ब ३१ करोड ६६ लाख आठ हजार रहेको थियो। त्यसमा नेपाल प्रहरी अन्तर्गत ४४१ कार्यालयमध्ये १२९ कार्यालयहरुमा रु. ४९ करोड ५५ लाख ५३ हजार बेरुजु देखिएको थियो।

गृह मन्त्रालय अन्तरगतको रु. २ अर्ब ३१ करोड ६६ लाख आठ हजार यो बेरुजु रकम तात्कालीन गृह सचिव नारायण गोपाल मलेगो २०७३ साउन १ गतेदेखि २०७३ कात्तिक २० गते र अर्का तात्कालीन गृह सचिव लोकदर्शन रेग्मी २०७३ मंसिर १ गतेदेखि २०७४ असार ३१ गतेसम्म रहँदा बेरुजु रकम रु २ अर्ब ५३ करोड ६८ लाख ९७ रहेको थियो ।

गृह मन्त्रालय स्रोतका अनुसार, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नेतृत्वमा रहेको नेपाल प्रहरीले सम्पूर्ण सरकारी निकायमध्ये ८५.१४ प्रतिशत बेरुजु फछ्र्यौट गर्न सफल भएर सर्वोत्कृष्ट अंक प्राप्त गरेको छ ।

बेरुजु फछ्र्यौटमा सर्बोत्कृष्ट अंक प्राप्त गर्ने नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल, प्रबन्ध तथा मानव स्रोत विभाकका प्रमुख तथा एआईजीपी ठुले राई, एसएसपी दीपक थापा, डीएसपी मदनकुमार थापा, प्रहरी निरीक्षक दिनेश तिमिल्सिना र प्रहरी जवान फनाधर खनाललाई पुरस्कृत गरिएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्