मेलम्चीकाे काम छिट्टै अघि बढ्छ : मन्त्री बिना मगर

Bina magar
लाेकपाटी न्यूज

काठमाडौं, ५ बैशाख । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या छिट्टै समाधान हुने बताएकी छन् ।

बिहीबार काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री मगरले मेलम्चीको बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान हुने बताएकी हुन् । उनले मेलम्ची खानेपानी आयोजनाको उचित व्यवस्थापन हुनेगरी अन्य कामलाई अघि बढाउन पनि मातहतका निकायलाई सचेत गराइन् ।

उनले काठमाडौं उपत्यकामा रहेका ढुंगेधारा, तलाउ, पोखरीहरुको संरक्षणको काममा जुटन मातहतको निकायलाई निर्देशन समेत दिएकी छिन् । काठमाडौं उपत्यकामा खानेपानीको व्यवस्थापनको काममा खटिएका निकायहरुले त्यसको त्यसको सदुपयोग भए÷नभएको विषयमा पनि विशेष निगरानी राख्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले गुणस्तरीय खानेपानीको व्यवस्थापन हुने गरी आवश्यक मापदण्डसहितको कानून निर्माणको कामलाई अघि बढाइएको बताए । जनताको स्वच्छ पानी पिउने अधिकारलाई सुरक्षित गराउन आवश्यक प्रविधि भित्र्याउनुपर्नेमा सचिव शर्माको जोड थियो ।

सचिव शर्माले सन् २०३० भित्र ९० प्रतिशत जनताले उच्च तथा मध्यमस्तरको खानेपानी पिउन पाउनुपर्ने दीगो विकास लक्ष्य हासिल गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्