ताण्डवका सम्पादक गिरी चार दिनपछि थुनामुक्त

Tandaw
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ५ बैशाख । पोखराका पत्रकार तथा ताण्डवका सम्पादक अर्जुन गिरी रिहा भएका छन्। ठगी सम्बन्धी पीडितहरुको उजुरीमा आधारित सीआईबीको थुनामा रहेका उनी साधारण तारेखमा रिहा भएका हुन् ।

समाचार लेखेकै भरमा पक्राउ परेका गिरी बिहीबार चार दिनपछि रिहा भएका छन्। साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

पत्रकार गिरीको रिहाइका निमित्त प्रेस काउन्सिलको तर्फबाट पूर्व अध्यक्ष बोर्णबहादुर कार्की ,काउन्सिलका अधिकृत मानबहादुर लामिछाने र पत्रकार महासँघको तर्फबाट स्वागत नेपालले बहस गरेका थिए । ताण्डव न्यूज साप्ताहिक तथा अनलाइनमा बतास अर्गनाइजेसनका सञ्चालक विपेन्द्र बतासले ठूलो रकम ठगी गरेको जाहेरी परेपछि गिरीले त्यसैलाई आधार बनाएर समाचार लेखेका थिए ।

सोही विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार गिरीलाई साइबर अपराधमा पक्राउ गरी काठमाडौं पठाएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्