यस्तो छ आजको मौसम

mausam-1
लाेकपाटी न्यूज

काठमाडौं, ६ बैशाख। शुक्रबार पहाडी क्षेत्रको मौसम एकैछिन खुल्दै एकैछिनमा बदली हुँदै गर्ने मौसमविद्ले अनुमान गरेका छन्। अरु ठाउँको मौसम भने सफा हुनेछ।

महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार पूर्वमा बनेको न्यूनचापीय रेखा, पश्चिमी वायु, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको मिश्रणले यसपाली मनसुन अघिको अवस्थालाई सक्रिय बनाएको हो।

यस्तै स्थानीय वायुको प्रभावले कतै नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा भने घाम लाग्ने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले बताए। यो वर्षको मनसुन अघिको अवस्था अर्थात् प्रिमनसुन सक्रिय देखिएको छ।

गएको वर्षको तुलनामा यो वर्ष मनसुन अघिको अवस्था सक्रिय भएका कारण दिनदिनै हावाहुरी र चट्याङसहित पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सामान्यतया मनसुन अघिको अवस्थामा बिहान सफा भएको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्