प्रमुख निर्वाचन आयुक्तमा थपलिया नियुक्त

image2
लाेकपाटी न्यूज

काठमाडौं, ६ वैशाख । प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया नियुक्त भएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले थपलियालाई निर्वाचन आयुक्तमा नियुक्त गरेकी हुन् ।

यसअघि प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको नाम संसदीय सुनुवाई समितिले सर्वसम्मत अनुमोदन गरेको थियो । बुधबार बसेको समितिको बैठकले थपलियालाई प्रमुख निर्वाचनका लागि योग्य ठहर गर्दै सर्वसम्मत अनुमोदन गरेको हो ।