नेपाली भू-उपग्रह पुग्यो अन्तरिक्ष कक्षमा

nepali bhuwupagra
लाेकपाटी न्यूज

काठमाडौं, ७ बैशाख। नेपालको पहिलो भू-उपग्रह ‘नेपाल स्याट १’ अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस) मा पुगेको छ।

नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रुपमा डक भएको छ। नासाले त्यसको प्रत्यक्ष प्रसारणसमेत गरेको थियो।

नेपाली विज्ञान ताथ प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) को सहकार्यमा निर्मित भूउपग्रह बिहीबार राति २ः३१ मा अन्तरिक्षतर्फ पठाइएको थियो।

अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल ए टिकेले भर्जि्नियास्थित ‘मिड एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’बाट भूउपग्रह भएको यान प्रक्षेपण गरेको थियो। (नयाँ पत्रिकाबाट) ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्