चितवन महिला चेम्बरकाे नयाँ कार्यसमिति गठन

chamber
लाेकपाटी न्यूज
0 Shares

चितवन, ७ वैशाख । चितवनमा महिला चेम्बरको गठन भएको छ । शुक्रबार आयोजित चितवन महिला चेम्बर गठन तथा अन्तरक्रिया कार्यक्रम माझ नयाँ कार्यसमिति गठन भएको हो ।

कार्यक्रमको उदघाटन नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले गरेका थिए । कार्यक्रमको उदघाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले महिला उधमीहरुद्वारा उत्पादित वस्तु तथा सेवालाई अन्तरराष्ट्रिय बजारसम्म पहुच पुर्याउन नेपाल चेम्बरले सक्दो सहयोग गर्ने बताए ।

त्यस्तै महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नवगठित समितिले महिला उध्यमीहरुलाई एकत्रित गरि महिलाको आर्थिक सशक्तिकरण र सुखी नेपाली समृद्ध नेपालको नारालाई सफल पार्न लागि पर्ने आशा ब्यक्त गर्दै हरेक क्षेत्रमा महिलाको सहभागिताबाट नै देश विकास हुने धारणा राखेकी थिइन ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले महिला सशक्तिकरणका निम्ती महिलामा उधेमशिताको विकास गर्न आवश्यक रहेको धारणा व्यक्त गर्दै भरतपुर महानगर क्षेत्र भित्र महिला उद्यमशिलता विकास सम्बन्धी शिप विकास कार्यक्रमले व्यापकता पाउदै गइरहेको बताइन ।

चितवन चेम्बर अफ कमर्शका अध्यक्ष दिर्घ कुमार श्रेष्ठले स्वागत मन्तव्य राख्दै चितवन जिल्लामा ब्यापार व्यवसाय गर्दै आएका महिलाहरुको हितका निम्ती चितवन महिला चेम्बरले महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल महिला चेम्बरका सल्लाहकारद्वय अन्जना ताम्राकार एवम् निलम ताम्राकार, उपाध्यक्षद्वय सुष्मा शर्मा एवम अम्बिका शर्मा, सचिव लिमा अधिकारी, कार्यकारीणी सदस्यहरु सुष्मा श्रेष्ठ, रन्जु तण्डुकार, जानकी प्रधान, राज्य लक्ष्मी सिंह, सुष्मा आचार्य र शाखा अधिक्रित श्रृष्टी त्रिपाठी समेतको उपस्थिती रहेको थियो ।

उक्त भेलाले अनुशा पाठकको अध्यक्षतामा चितवन महिला चेम्बर गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा भवानी पण्डीत, महासचिवमा सिता सापकोटा, सचिवमा निरु कार्की, सहसचिवमा मुना पाण्डे, कोषाध्यक्षमा पिंकी लामा र सदस्यहरुमा शर्मिला हमाल, छाया श्रेष्ठ, अञ्जु लामिछाने, जुली श्रेष्ठ, सकिला परियार, मञ्जु मकाजु श्रेष्ठ, चिनु बस्नेत, डा. जेनी श्रेष्ठ, जमुना श्रेष्ठ, निशा ढकाल र गीता सेढाईलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्