एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण भएको छ । मन्त्रालयमा सशस्त्र व्यक्तिहरूले आक्रमण गरेको एक अफगान अधिकारीले बताएका छन्। त्यहाँ विस्फोटन भएको र गोली चलेको बताइएकोे छ ।
मन्त्रालययका प्रवक्ता नस्रत रहिमीका अनुसार स्थानीय समयानुसार बिहान ११ः४० बजे विस्फोटन भएको सुनिएको बताइएको छ । सशस्त्र आक्रमणकारीहरू र अफगान सुरक्षाकर्मीहरूबीच गोली हानाहान भएको उनले बताए।
घटनाको जिम्मेवारी कसैले लिइसकेको छैन। सो आक्रमण राष्ट्रपति निवास र ख्यातिप्राप्त होटलहरू भएको एउटा व्यस्त स्थाननजिकै भएको हो। तालिबान र अफगान सरकारका बीच भएको वार्ता विफल भएको एक दिनपछि सोे घटना भएको हो।