एजेन्सी । भारतको उत्तर प्रदेशमा एक पुरुषले दाइजो नल्याएको भन्दै आफ्नै श्रीमती र दुई सन्तानको हत्या गरेका छन् ।
उनले १८ अप्रिलमा दाइजोका लागि श्रीमती र दुई सन्तानको जलाएर हत्या गरेका हुन् । महिलाको नाम उषा थियो । उषाका श्रीमान् गणेश घटना भएलगत्तै फरार छ । उषा र गणेश पटेलको विवाह सनु २०१२ मा भएको थियो । १७ अप्रिल बिहान छिमेकीले घरबाट धुँवा आइरहेको देखे । मानिसहरुले घरभित्र गएर हेर्दा उषा र उनका दुई सन्तान जलिसकेको पाए ।
उषाको शव कोठामा भेटिएको थियो तर बच्चाहको शव फलामको बाकसमा भेटिएको थियो । त्यसपछि छिमेकीले ऊषाका माइती पक्ष र पुलिसलाई बोलाए । पुलिसले दाइजोका लागि हत्या मामला दर्ता गरेको छ । घटनाको अनुसन्धान गरिरहेका एसएसपी अतुल शर्माले महिलाको श्रीमानले मद्यपान गरेर उषालाई दुःख दिइरहन्थे त्यसकारण यो आत्महत्याको पनि मामला हुनसक्छ ।
यस्तै, ऊषाका माइती पक्षले भने दाइजोका लागि छोरीको हत्या भएको दाबी गरिरहेका छन् । उषाका भाइ अजितका अनुसार विवाहलगत्तै ऊषालाई दाइजोका लागि तनाव दिइन्थ्यो । उनका ससुरा र श्रीमानले कुटपिट गर्ने गर्दथे । उनीहरुले ऊषालाई माइतीबाट एक लाख भारु र बाइक ल्याउन भनिरहेका थिए । ऊषालाई एकपटक यति बेस्सरी कुटिएको थियो कि उनले कानको जाली नै फुटेको थियो । गत वर्ष डिसेम्बर ३१ तारिखमा पनि निर्घात कुटिएको थियो ।
अजितले गणेश र उनका पिताले उषा र उनका दुई सन्तानको हत्या गरेको दाबी गरे । उनले सुरुमा ऊषाको गला दबाएर हत्या गरिएको र त्यसपछि जलाइएको दाबी गरे ।