योजनाबद्ध विकासले मात्रै देश समृद्ध हुन्छ : पूर्व मन्त्री भुसाल

pamfa
लाेकपाटी न्यूज

ललितपुर, ८ बैशाख । पूर्व मन्त्री, सांसद तथा नेकपाकी प्रभावशाली नेतृ पम्फा भुषालले योजनाबद्ध विकासबाट मात्रै देशले समृद्धि हासिल गर्ने बताएकी छन् । ललितपुर महानगरपालिका–५ नम्बर वडाद्वारा शनिबार आयोजित शुभकामना आदान प्रदान तथा सार्वजनिक सुनुवाई कार्यक्रम माझ नेतृ भुषालले उक्त धारणा राखेकी हुन्।

नेतृ भुषालले कार्यक्रम माझ बोल्ने क्रममा आउदो आर्थिक बर्षमा लगनखेल स्थित पोखरी पुनर्निर्माणमा सांसदकोष मार्फत सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन्। त्यसैगरि कार्यक्रम माझ प्रदेश सांसद राजकाजी महर्जनले पोखरी पुनर्निर्माणमा कोषमार्फत पचास लाख सहयोग गर्ने घोषणा गरेको जानकारी गराइएको थियो ।

कार्यक्रममा पूर्व मन्त्री सुशिला नेपालले ललितपुर महानगरपालिका–५ नम्बर वडाले नमुनायोग्य कार्य गर्दै आएको बताउँदै वडामा देखिने समस्यालाई निकास दिन वडा कार्यालय सफल हुने विश्वास ब्यक्त गरिन् ।

त्यसैगरि सभापतिको आसनबाट कार्यक्रम माझ बोल्दै ललितपुर महानगरपालिका ५ नम्वर वडाका अध्यक्ष विकासमान श्रेष्ठले वडाले विकास निर्माण, सामाजिक विकास जस्ता जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका वडा इकाइ अध्यक्ष सानुलाल श्रेष्ठले दलगत स्वार्थभन्दा गुण र दोषका आधारमा कामको मुल्यांकन हुनुपर्ने बताउँदै ललितपुर महानगरपालिका ५ नम्वर वडाले राम्रो काम गर्दै आएको बताएका थिए ।

कार्यक्रममाझ वडा सदस्यहरु अशोक श्रेष्ठ, शोभादेबी प्रधान श्रेष्ठ, मैया रिजाल र पुनम निरौलाले वडा कार्यालयबाट जनताका काम छिटो छरितो र प्रभावकारी तवरले सम्पन्न गर्न जनप्रतिनिधिका हैसियतले आफूहरु प्रतिबद्ध रहेको बताए ।

सोही कार्यक्रममा पूर्वमन्त्रीद्वय पम्फा भुषाल, शुशिला नेपाल र प्रदेश सांसद राजकाजी श्रेष्ठले वडाको श्वेत पत्र एबम् पात्रोको अनावरण समेत गरेका थिए ।