आठौं राष्ट्रिय खेलकुद : एपीएफलाइ स्वर्ण पदक

khel pic
लाेकपाटी न्यूज

दाङ, ८ वैशाख। आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको पुरुष ४ गुणा ४ सय मिटर रिले दौडमा एपीएफ क्लबले स्वर्ण पदक जितेको छ।

दाङको बेलझुन्डीमा आइतबार भएको खेलमा आशिष चौधरी, सत्यबहादुर बुढा, शिवराज पार्की र निरप्रताप महतो रहेको एपीएफले निर्धारित दुरी ३ मिनेट २४.०९ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेको हो। यो स्पर्धामा आर्मी क्लबले रजत पदक जित्दा प्रदेश नं ५ ले तेस्रो स्थान हात पार्‍यो।

महिलातर्फ आर्मीले स्वर्ण, एपीएफले रजत र प्रदेश ५ ले कास्य पदक जितेको छ। एथ्लेटिक्सकै पुरुष ४ सय मिटर दौडमा एपीएफ क्लबका निरप्रताप महतोले स्वर्ण पदक जितेका छन्। उनले निर्धारित दुरी ४९.३५ सेकेण्डमा पुरा गरे।
यो स्पर्धामा एपीएफका शिवराज पार्की दोस्रो हुँदा प्रदेश १ का प्रकाश सुनुवार तेस्रो भए। महिलातर्फ आर्मीकी तुलसा खत्रीले स्वर्ण जितिन्।

उनले निर्धारित दुरी ५९.९१ सेकेण्डमा पुरा गरिन्। आर्मीकै संगीता मेचे दोस्रो हुँदा प्रदेश ५ की अरुण रिजाल तेस्रो भईन्। एथ्लेटिक्सको ५ हजार मिटर दौडमा पुरुषतर्फ एपीएफका गोपिचन्द्र पार्की र महिलातर्फ प्रदेश ३ की सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेका छन्।

पुरुषतर्फको स्वर्ण जित्ने क्रममा गोपिचन्द्रले १४ मिनेट ४४.२३ सेकेन्डमा दुरी पुरा गरे। यसैगरी ५ हजार मिटर महिलातर्फ एपिएफकी सन्तोषी श्रेष्ठले निर्धारित दुरी १६ मिनेट ३८।५३ सेकेन्डमा पुरा गर्दै स्वर्ण चुमिन्। आर्मीकी विश्वरुपा बुढाले रजत पदक जित्दा एपीएफकी बिन्द्रा धन्के श्रेष्ठले कास्य पदक हात पारिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्