कर्मठ र इमान्दार भएर काम गर्नुस् : महानिरीक्षक खनाल

sarbendra khanal2
लाेकपाटी न्यूज

काठमाडौं, ८ वैशाख । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले ट्राफिक प्रहरीलाई कसैसँग पैसाका लागि हात नथाप्न निर्देशन दिएका छन् ।

महानगरीय ट्राफिक महाशाखा अन्तर्गत कार्यरत ट्राफिक प्रहरी प्रहरीलाई खनालले व्यावसायिक मर्यादा बिर्सेर पैसाका लागि हात नथाप्न निर्देशन दिएका हुन् । ‘प्रहरी जनताको सेवाका लागि हो । जनताको सेवा पूर्ण व्यावसायिकताका साथ गरौं’ खनालले भने । राजधानीको ट्राफिक व्यवस्थापनलाई देशभरीकै अनुकरणीय र नमुनायोग्य बनाउनुपर्ने उनको भनाइ छ ।

उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता दिने सरकारको निर्णयले कार्यसम्पादनमा ऊर्जा मिलेको उनले बताए। खनालले भने, ‘ट्राफिक प्रहरीले गर्ने व्यवहार नम्र र शालीन हुन आवश्यक छ । हाम्रो सेवाले जनता मुस्कुराउँदै जाने वातावरण हुनुपर्छ ।’ उपत्यकामा हाल १४ सय ट्राफिक प्रहरी कार्यरत छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्