रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका वडा नम्वर ७ मा अवस्थित देवदह मा.विमा एक दिने शैक्षिक सेमिनार सम्पन्न भएको छ ।
बुटवल बहुमूखि क्याम्पस एम.एड दोस्रो बर्षका शैक्षिक योजना तथा व्यवस्थापनका विद्यार्थीहरुको अयोजनामा भएको एक दिने “शैक्षिक सामाग्री उपलब्धता र प्रयोगको अवस्था” विषयक सेमिनारको अध्यक्षता देवदह मा.विका प्राचार्य केशव प्रसाद घिमिरेले गरेका थिए।
सोही अवसरमा प्रमूख अतिथि बुटवल बहुमूखि क्याम्पसका शिक्षण विभाग प्रमूख खिमान्न भण्डारीले सेमिनारलाई सम्बोधन गर्दै क्यम्पसमा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उर्तानका लागि ४५ दिन विद्यालयहरुमा पठाएको साथै विद्यार्थीहरुले विद्यालयको समग्र वस्तुस्थितिको वास्तविक अध्ययन गरी प्रतिवेदन लेख्नुपर्ने र सेमिनार सञ्चालन गर्नुपर्ने कार्य अन्तर्गत शैक्षिक सामाग्रीको उपलब्धता र प्रयोगको अवस्था शीर्षकमा गरिएको सेमिनार अत्यन्तै प्रभाकारी हुने र यसले विद्यालयलाई समेत मार्गनिर्देश गर्ने बताए।
त्यस्तै विशिष्ट अतिथि बुटवल बहुमुखी क्याम्पस शैक्षिक योजना तथा व्यवस्थापन विभागका प्रमुख प्रोफेसर डा. नारायण प्रसाद बेल्वासेले विद्यार्थीहरुले आफूले सिकेको ज्ञान व्यवहारमा उर्तानको लागी लगनशील र अनुशासित हुनुपर्नेमा जोड दिँदै आगामी दिनहरुमा अझै दृढ भएर लाग्नुपर्ने बताए।
सेमिनारमा विद्यार्थीहरु अमृता गैरे, विष्णु घिमिरे, नेवुल वरही, किशोर भट्टराई, देवदह माविका शिक्षक शिक्षिका हरुको समेत सहभागित रहेको कार्यक्रमको संचालन वुटवल बहुमुखि क्याम्पस एम.एड दोस्रो वर्ष शैक्षिक योजना तथा व्यवस्थापनका छात्र शिक्षक प्रेम नारायण केवटले संचालन गरेका थिए।