आई पी एल क्रिकेटमा आज एक खेल हुँदै

Ipl
लाेकपाटी न्यूज

काठमाडौं, १० वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आई पी एल) क्रिकेटमा मंगलबार चेन्नई सुपर किङ्स र सनराइजर्स हैदरावाद बिच प्रतिस्पर्धा हुँदै छ।

खेल नेपाली समयअनुसार राति ८ः१५ बजे चेन्नईमा हुनेछ। चेन्नई १४ अङ्कसहित दोस्रो स्थानमा छ भने हैदरावाद १० अङ्कसहित चौथो स्थानमा छ। समान १४ अङ्क बनाएको दिल्ली चेन्नईलाई पछि पार्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

आई पी एल क्रिकेटअन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्स विरुद्ध दिल्ली क्यापिटल्स ६ विकेटले विजयी भएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थाले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रनको योगफल तयार पारेको थियो।

राजस्थानका लागि अजिन्क्या रहानेले शतकीय पारी खेल्दै अविजित १ सय ५ रन तथा स्टेभन स्मिथले अर्ध शतकीय पारी खेल्दै ५० रनको योगदान दिएका थिए। जवाफमा दिल्लीले १९.२ ओभर खेल्दै ४ विकेटको क्षतिमा राजस्थानले दिएको लक्ष्य भेट्टाउँदै १ सय ९३ रन बनायो। उसका लागि रिसभ पन्तले ७८, पृथ्वी साले ४२ तथा शिखर धवनले ५४ रनको योगदान दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्