मतदानअघि माेदीलाई आमाको आशिर्वाद

modilai aasirbad
लाेकपाटी न्यूज
0 Shares

गुजरात,  १० वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मताधिकार प्रयोग गर्नुअघि मंगलबार आफ्नी आमाको चरणस्पर्श गर्दै आशिर्वाद लिएका छन्।

भारतमा लोकसभा निर्वाचनअन्तर्गत मंगलबार तेस्रो चरणमा विभिन्न राज्यमा मतदान हुँदैछ। मतदान गर्नुअघि उनले गान्धीनगरस्थित निवास पुगेर आमा हीराबेनको चरणस्पर्श गरेका हुन्।

मोदीकी आमा गान्धीनगरमै बस्दै आएकी छन्। आशिर्वाद लिन आएका मोदीलाई आमाले सगुनबापत मिठाई दिएकी थिइन्। निधारमा टिका लगाइदिएर मोदीलाई उनकी आमाले आशिर्वाद दिएकी छन्।

प्रधानमन्त्री मोदीले मंगलबार नै आफ्नो मताधिकार प्रयोग गर्दैछन्। उनले गान्धीनगर लोकसभा सिटअन्तर्गत रानिप मतकेन्द्रमा मतदान गर्दैछन्। (एजेन्सी)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्