आठौं राष्ट्रिय खेलकुद : एपीएफ क्रिकेटको फाइनलमा प्रवेश

800px-8th_National_Game
लाेकपाटी न्यूज

कोहलपुर, १० वैशाख । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लब प्रवेश गरेको छ । कोहलपुर क्रिकेट मैदानमा आजै भएको खेलमा प्रदेश १ लाई आठ विकेटले हराउँदै एपीएफले फाइनलमा प्रवेश गरेको हो।

५० रनको समान्य लक्ष्य पछ्याएको एपीएफले १०.५ ओभरमा दुई विकेटको क्षतिमा ५३ रन बनाएको थियो । एपीएफको जितमा शंकर रानाले सर्वाधिक २३ रन बनाए । प्रदीप ऐरीले अविजित १७ रन बनाए । बलिङमा प्रदेश १ का पुष्प थापा र दिपेश कँडेलले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले १६.३ ओभरमा सबै विकेट गुमाएर ४९ रन बनाएको थियो । प्रदेश १ का लागि मिनाश थापा र सुन्नी पुनले समान १४ रन बना अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

बलिङमा एपीएफका शरद भेषवाकरले चार विकेट लिए । वसन्त रेग्मीले तीन तथा भुवन कार्की र अभिनाश बोहोराले एक–एक विकेट लिए । शरद म्यान अफ द म्याच भए । फाइनलमा एपीएफले आर्मी र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल बुधबार हुनेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्