हेमन्तप्रकाश ओली जेल चलान

hemanta-prakash-oli-biplab.jpg01
लाेकपाटी न्यूज

ललितपुर, १० वैशाख । नेत्रविक्रम चन्द (विप्लव) समूहका तत्कालिन मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वलीसहित ६ जना नेता कार्यकर्तालाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अदालतले आज सो आदेश दिएको हो ।

नेता वलीलाई काभ्रेबाट राजधानी छिर्दै गर्दा महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो । नख्खुमा रहेको एनसेल मुख्यालय अगाडि एक जनाको मृत्यु र ३ जना घाइते हुने गरी भएको विष्फोटमा संलग्न वलीसहित अन्यलाई अदालतको आदेशपछि नख्खु कारागार चलान गरिएको हो ।

थुनामा पठाइएकाहरुमा शिव धमला भन्ने शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परिवार भनिने ईश्वर दमाई र जुम्ली भनिने विरबहादुर कठायत छन् । अदालतले सो घटनामा दोषी रहेको आधारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्