औलोका बिरामी बढ्दै, कसरी बच्‍ने ?

Aaulo-Rog-12019-04-23.jpeg02
लाेकपाटी न्यूज

काठमाडौं । गर्मी सुरू भएसँगै औलोका बिरामी बढ्न थालेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अन्य अस्पतालबाट रिफर भएर औलोका बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनकाअनुसार गर्मी मौसम सुरू भएसँगै एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट औलो देखिने गर्छ । र संक्रमित लामखुट्टेले टोकेमा एक सातादेखि तीन सातासम्ममा यसको लक्ष्ण देखिने गर्छ।

औलो पाँच प्रकारका परजीवी प्लाजमोडियम नलेसी, प्लाजमोडियम भाइभेक्स, प्लाजमोडियम ओभाले, प्लाजमोडियम फल्सिपारम र प्लाजमोडियम रहेका छन् । जसमध्ये दुई परजीविहरू प्लाज्मोडियम फाल्सिपारम र प्लाज्मोडियम भाइभेक्स जातका परजीवि मात्र नेपालमा पाइने रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

नेपालमा गर्मी मौसममा औलो देखिनेमा एउटा मुख्य कारण आयातित औलो, भारत अफ्रिकालगायका मुलुकहरुमा वैदेशिक रोजगारीमा गएर फर्किएका व्यक्तिमा पनि यो रोग बढी देखिने गरेको छ भने अर्को जलवायु परिवर्तन तथा तापक्रम बढ्दै गएकाले हिमाली क्षेत्रमासमेत लामखुट्टेहरु देखिन थालेको डा. पुनले बताए ।

औलो रोगका परजीवी भएको लामखुट्टेले टोकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने हुन्छ भने कसैकसैमा निरन्तर वा दिन बिराएर ज्वरो आउने, कलेजोको आकार बढ्ने ,पसिनै–पसिना हुने, जोर्नीहरु दुख्ने, शरीरका भित्री अंगहरु फियो–कलेजो सुन्निने आदि लक्ष्ण देखिने उनले बताए ।

औलोको जोखिमबाट बच्न घर वरपर पानी जमेका खाल्डाखुल्डी पुर्ने, झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्ने, लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधी छर्कने शरीर ढाक्ने कपडा लगाउने वा खुला अंगमा लामखुट्टेबाट बच्न सकिने मलम प्रयोग गर्ने, स्प्रे, लिक्विड, औषधी प्रयोग गर्न आदि गरेमा बच्न सकिने ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा‍. विवेक लालले बताए । उनले भने, “सरकारले औलो नियन्त्रणमा जनचेतनामुलक कार्यक्रमसमेत गर्दै आएको छ”, उनले भने, “औलोको औषधी चिकित्सकको सल्लाअनुसा सेवन गरेमा निको हुन्छ । ”

आर्थिक वर्ष २०७४–०७५ मा ३ सय जनामा औलो देखिएको थियो, जसमा २ सय ५ जना आयातित बिरामी र ९५ जना स्थानीय बिरामी थिए। आर्थिक वर्ष २०७३–०७४ मा २ सय ७१ जनामा औलो देखिएको थियो ।

याे तथ्यांक हेर्दा हरेक वर्ष औलोका बिरामी बढीरहेको देखिन्छ । सरकारले सन् २०२० मा नेपालबाट औलो उन्मुलन गर्ने जनाएको छ । सोही अनुसार औलो नियन्त्रण गर्न विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ । तर सरकारी तथ्यांक हेर्दा हरेक वर्ष औलोका बिरामीहरु बढिरहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्