यी हुन् भारतका सबैभन्दा धनी उम्मेदवार

dhani
लाेकपाटी न्यूज

काठमाडौं, ११ वैशाख । चर्चित क्रिकेटर गौतम गम्भिरले चुनाव लड्नका लागि टिकट पाएका छन्। गम्भिर केही समय अगाडीमात्र भारतीय जनता पार्टीमा प्रबेश गरेका हुन्।

प्रधानमन्त्री मोदीबाट आफु निकै प्रभावित भएको भन्दै भाजपामा प्रबेश गरेका गौतमले अब पूर्वी दिल्लीबाट चुनाव लड्ने भएका छन्। मंगलबार मात्र उनले धुमधामका साथ समर्थकहरुको साथमा आफनो नाम निर्वाचन आयोगमा दर्ता गरेका छन्।

उम्मेद्वार बनेसंगै गौतम गम्भिर यतिबेला चर्चामा छन्। गौतम गम्भिर पूर्वी दिल्लीबाट चुनाव लड्ने उनी सबैभन्दा धनी उम्मेद्वारसमेत बनेका छन्। सम्पत्तिको मामिलामा उनले पूर्वी दिल्लीका सबै उम्मेद्वारहरुलाई पछि पारेका छन्।

उनले नाम दर्ता गराउँदा आफनो सम्पत्ति १.३७ अरब उल्लेख गरेका छन्। त्यसबाहेक उनको श्रीमती र बुवाको छुट्टै सम्पत्ति देखाईएको छ। त्यसोत त गौतम गम्भिर बिरुद्ध सम्पत्तिकै मामिलामा जालसाझीको मुद्धा पनि रहेको छ।

भाजपाले हालै बलिउड नायक सनी देओललाई पनि पञ्जाबाट उम्मेद्वारको रुपमा उठाउने भएको छ। भाजपाले हरेक क्षेत्रमा आफनो जीतको टिकट सुनिश्चित गर्नका लागि उसले खेलाडी तथा बलिउडका हस्तीहरुलाई चुनावी मैदानमा ल्याएको छ। (एजेन्सी)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्