अब नेपालका सबै ठाउँमा अप्टिकल फाइबर

Optical-Fibre.jpg01
लाेकपाटी न्यूज

काठमाडौं, ११ वैशाख। देशका अधिकांश भाग अप्टिकल फाइबरले जोडिने भएका छन्। अबको दुई वर्षमा देशका अधिकांश भाग अप्टिकल फाइबरले जोडिने भएका हुन्।

अहिलेसम्म सघन बस्ती र सहरी क्षेत्र मात्र जोडेको यो प्रविधिले अबको दुई वर्षभित्र नेपालका सबै ठाउँलाई जोड्ने भएको छ। नेपाल टेलिकमले प्रदेश १ देखि ३ सम्म २ हजार १ सय ७९ किलोमिटर क्षेत्रफलमा अप्टिकल फाइबर विस्तार गरिसक्ने छ।

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार कोषको रकमबाट मध्य पहाडी क्षेत्रसँग उत्तरदक्षिण करिडोरबाट नेपालभर अप्टिकल विस्तार गर्ने योजना ल्याएको छ। त्यसमा १ देखि ३ सम्मका प्रदेशमा नेपाल टेलिकमले जिम्मा पाएको छ।

४, ५ र ६, ७ गरी दुई प्याकेजका ठेक्का पनि प्राधिकरणले लगाएको छ। यसमा ४ र ५ मा ठेक्का पाएको युटिएलले काम नगरेपछि सरकारले ठेक्का तोड्न निर्देशन दिएको छ। ६ र ७ मा स्मार्ट वल्र्डंलिंकले काम गरिरहेको छ।

नेपाल टेलिकमले जिम्मा पाएको क्षेत्रमा निकै ढिला गरी मात्र काम शुरु हुने भएको छ। टेलिकमले अप्टिकल विस्तारका लागि बल्ल ठेक्का सम्झौता गरेको छ।

सम्झौता भएको २ वर्षभित्र काम सम्पन्न हुने टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए।
यसको जिम्मा टेलिकमले चीनियाँ कम्पनीलाई दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्